२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


म प्रधानमन्त्री हुँदा अदालतको लिखित जवाफमा मात्र ५६ हजारपटक हस्ताक्षर गरें : अध्यक्ष ओली


0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा लिखित जवाफ दिँदा ५६ हजार पटक हस्ताक्षर गरेको बताउनुभएको छ ।

नेपाल बार एशोशिएसनका पदाधिकारीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध महाभियोग प्रस्ताव पेश गर्न सहयोगको याचना गर्न आएकालाई अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा ५६ हजार पटक हस्ताक्षर गरेको स्मरण गर्नुभयो ।

‘म प्रधानमन्त्री हुँदा मुद्दाको लिखित जवाफ दिँदा ५६ हजार हस्ताक्षर गरेँ,’ उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीजस्तो मान्छे अदालतको लिखित जवाफमा ५६ हजारपटक हस्ताक्षर गरेर बस्नुपरेको छ, समय कहाँ खर्च भइरहेको छ तपाईंहरु नै हेर्नुस् ।’

सामान्य कर्मचारीको गल्ती गर्दा पनि प्रधानमन्त्रीलाई विपक्षी बनाएर मुद्दा पेश गर्दा प्रधानमन्त्रीको कार्यक्षमतामा ह्रास आएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘सुर्खेतमा खरदारले बदमासी गर्दा पनि नेपाल सरकार र प्रधानमन्त्री जिम्मेवार हुन्छ भनेर प्रधानमन्त्रीलाई विपक्षी बनाउँदै मुद्दा हाल्छ ।’

अध्यक्ष ओलीले प्रधानन्यायाधीशको राजीनामा न्यायिक सुधारको सुरुवात नभएर अन्त्य भएको बताउनुभयो । उहाँले आफू कसैको पनि पक्ष वा विपक्षामा नलाग्ने पनि स्पष्ट पार्नुभयो ।