१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बागलुङको तमानखोलामा झोलुङ्गे पुल बन्यो, आवतजावतमा सहज


0
Shares

बागलुङ । जिल्लाको तमानखोला गाउँपालिका–५ खुङ्खानीमा लामो झोलुङ्गे पुल बनेपछि सयौँ नागरिकलाई वारपार गर्न सहज भएको छ ।

खुुङ्खानीदेखि ठूलो बिसौना जोड्ने झोलुङ्गे पुल बनेपछि वर्षौदेखि स्थानीयले झेल्नुपरेको सास्ती अन्त्य भएको हो । पुल नहुँदा खोला वारपार गर्न घण्टौ लाग्ने गरेकोमा अहिले ५ मिनेटमै वारपार गर्न सकिने स्थानीयले बताएका छन् ।

आफ्नो बारीहरू खोलापारी र घर वारी पट्टि हुँदा बारीमा काम गर्न जाँदा पनि धेरै समय लागउनुपर्ने बाध्यता पुल निर्माण भएपछि टरेको स्थानीय बताउँछन् ।

बागलुङ बजार आसपासका क्षेत्रमा लामा र अग्ला पुल धेरै भए पनि यो पुल पश्चिम बागलुङकै सबैभन्दा लामो र अग्लो भएको स्थानीय दाबी गर्छन् । जसको लम्बाई ३ सय ३३ मिटर छ ।

पुल बनेपछि विद्यार्थीहरुलाई पनि स्कुल जान सहज भएको छ । पुल बनेपछि नर्जाखानी, भित्रीवन, थास्पुरी लगायतका स्थानका करिब ३ सय घरधुरीका नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् ।