१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


चितवनका सुकुम्बासीको अभियान ‘नो लालपूर्जा, नो भोट’


0
Shares

चितवन । जिल्लाका सुकुम्बासीहरूले भूमि आयोगको नाममा आसमात्रै देखाउने तर काम नगर्ने भन्दै विरोध प्रर्दशन गरेका छन् ।

उनीहरूले लालपूर्जा नदिएसम्म भोट नदिने अभियान थालेका छन् । रत्ननगरमा प्रदर्शनी गर्दै ७ हजार सुकुम्बासी तथा भूमिहीनहरूले ‘नो लालपुर्जा नो भोट’ अभियान सुरु गरेका हुन् ।

नेपाल बसोबास बस्ती संरक्षण समाजको आह्वानमा टाँडी बजारबाट अभियानको घोषणा गरिएको हो । ‘उधारोमा भोट माग्ने प्रथा बन्द गर, आयोगका नाममा भ्रमको खेती बन्द गर’ लगायतका नारा लेखिएका प्लेकार्ड सहित उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।

सरकारले गठन गरेको भूमि आयोगमा लालपुर्जाका लागि चितवनबाट ४३ हजार २ सय २८ जनाले फारम भरे पनि अलपत्र अवस्थामा छन् ।