१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विद्युत् नियमित र व्यवस्थित गर्न जुम्लावासीद्वारा काठमाडौंमा र्‍याली, कुलमानले दिए आश्वासन


0
Shares

काठमाडौं । जुम्लामा विद्युत् नियमित र व्यवस्थित गर्न दवाव दिँदै स्थानीय नागरिकले काठमाडौंमा सांस्कृतिक र्‍याली निकालेका छन् ।

जुम्लाका प्रतिनिधि सभा सदस्य गजेन्द्र बहादुर महतको नेतृत्वमा जुम्लाका जनताले शान्तिबाटिका, रत्नपार्क हुँदै नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयसम्म सांस्कृतिक ¥याली निकालेका हुन् ।

जुम्लामा विद्युत नियमित र व्यवस्थित गर्न पटक–पटक प्राधिकरणलाई अनुरोध गर्दा पनि नसुनेको भन्दै बाजागाजासहित र्‍याली गर्नुपरेको प्रतिनिधि सभा सदस्य महतले बताउनुभयो । जुम्लामा राष्ट्रिय प्रसारण लाइन पुगेको भए पनि पोल, तार र मिटर पुग्न नसकेको र गाउँ–गाउँमा विस्तार हुन नसकेको उहाँले बताउनुभयो ।

ज्ञापनपत्र बुझाउन कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकक्षमा नजाने भन्दै घिसिङलाई ज्ञापनपत्र बुझ्न प्राधिकरणको परिसरमा बोलाएका थिए । घिसिङ बाहिर निस्कन ढिलाइ गरेपछि ज्ञापनपत्र प्राधिकरण भवन बाहिर नै टाँसिएको थियो । यद्यपि घिसिङले जुम्लाको समस्या समाधान गर्ने अश्वासन दिनुभयो ।

ज्ञापन पत्रमा ३३ केभिए प्रशारण लाइन निर्माण कार्यमा भइरहेको ढिलाइको अन्त्य गरी शिघ्र कार्य सम्पन्न गर्नुपर्ने र ११ केभिए लाइनमा भएको भोल्टेज उतार चढाव समस्या समाधान गर्नुपर्ने लगायतका माग राखिएको छ ।