
जनकपुर । श्रीराम जानकी विवाह पञ्चमी महोत्सवको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज(मंगलबार) मटकोर विधि सम्पन्न गरिएको छ ।
जनकपुरधामस्थित पवित्र सरोवर गंगा सागर पोखरीबाट विवाहका लागि वेदी बनाउन माटो खनेर मटकोर विधि मनाइएको हो ।
जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवको नेतृत्वमा मन्दिरबाट बाजागाजाका साथ साधुसन्त सहित हजारौ श्रद्धालुको सहभागितामा माटो खनिएको हो ।
माता सीताको स्वरुपलाई पूजापाठ गरी गंगा सागरको डिलमा खनिएको माटो वेदीका लागि मन्दिरमा भित्रियाइएको छ । यही माटो विवाहमा बन्ने बेदीमा प्रयोग गरिनेछ ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भोलि (बुधबार) मंसिर शुक्ल पञ्चमी तिथिका दिन विवाह पञ्चमी महोत्सव मनाइंदैछ ।
प्रतिक्रिया दिनुहोस्