
काठमाडौं । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी संघ (एनएनआईपिए)ले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङलाई खेलाडीको सेवा सुविधा बढाउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।
संघले नवनियुक्त राखेप सदस्य–सचिव घिसिङलाई ६ बँुदे ध्यानाकर्षणपत्र बुझाएको हो ।
संघका अध्यक्ष दिपक श्रेष्ठको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा खेलाडीको सामाजिक सुरक्षा, अन्तराष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई दिइने प्रोत्साहन भक्तामा वृद्धि गर्नुपर्ने लगायतका माग समेटिएको छ ।
सदस्य सचिव घिसिङले खेलाडी संघले राखेको धेरैजसो माग आफूले तयार पारेको कार्ययोजनामा रहेको बताउनुभयो ।
संघले नेपाली खेलकुदमा नेतृत्व परिवर्तन भएपश्चात सँधै आफ्ना मागहरू राख्दै ज्ञापनपत्र बुझाउने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्