२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


मैले दाबी छोड्ने भएँ, तीन जनाबीच सहमति हुनेमा विश्वस्त छु : शशांक कोइराला

चुनाव जितेमा डेढ वर्षमा सभापति छाड्ने पाैडेलकाे प्रस्ताव

0
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सभापति कसलाई बनाउने भन्नेबारेमा सकारात्मक छलफल भइरहेकाले सहमति हुने बताउनुभएको छ ।

नेता प्रकाशमान सिंहनिवास चाक्सीबारीमा भएको छलफलपछि महामन्त्री कोइरालाले आफूले दाबी छोडेको र बाँकी तीन जनालाई मिलेर आए आफूलाई आपत्ति नरहेको बताउनुभयो ।

बाँकी तीन जनामध्येबाट सभापतिको एक मात्र उम्मेदवार बन्नेमा आफू विश्वस्त रहेको पनि उहाँले बताउनुभयो ।

‘‘उहाँहरू तीनजनामध्ये एकजना बन्नुहुन्छ सभापतिको उम्मेदवार । सहमति हुन्छ । यसमा म विश्वस्त पनि छु,’ उहाँले भन्नुभयो ।

बैठकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यसपटक सभापतिमा उठ्न आफ्नो नाममा सहमति गर्न आफू पक्षका नेताहरूलाई आग्रह गर्नुभएको पनि जानकारी दिनुभयो ।

नेता पौडेलले आफ्नो यसपटक अन्तिम मौका रहेको र यति लामो समयसम्म पार्टीमा काम गरेकाले अन्तिम मौका दिन नेताहरूलाई आग्रह गर्नुभएको उहाँले बताउनुभयो ।

‘चुनाव जितेमा डेढ वर्षमा छोड्छु पनि भन्नुभयो,’ कोइरालाले भन्नुभयो ।