
काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी अन्तिम खेलमा पराजित भए पनि समूह विजेता बन्दै नकआउटमा प्रवेश गरेको छ ।
मंगलबार राति समूह चरणको अन्तिम खेलमा सिटी जर्मन क्लब आरबी लाइपजिगसँग २–१ ले पराजित भएको हो ।
लाइपजिगको जितमा डोमिनिक सोबोस्लाई र आन्द्रे सिल्भाले एक एक गोल गरे । सिटीका रियाद महारेजले सान्त्वना गोल गरे ।
खेलको २४ औं मिनेटमा डोमिनिकले गोल गर्दै लाइपजिगलाई अग्रता दिलाएका थिए । खेलको ७१ औं मिनेटमा आन्द्रे सिल्भाले गोल गर्दै लाइपजिगलाई दोब्बर अग्रता दिलाए । त्यसपछि खेलको ७६ औं मिनेटमा रियाद महरेजले एक गोल फर्काएपनि सिटी २–१ ले पराजित भयो ।
यस्तै, खेलको ८२ औं मिनेटमा केली वाल्करले रातो कार्ड पाएपछि सिटी १० खेलाडीमा समेटिएको थियो ।
सिटीले ६ खेलमा १२ अंक जोडेर समूह ‘ए’ को समूह विजेता बनेको छ । लाइपजिग ७ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।
प्रतिक्रिया दिनुहोस्