
काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ ।
कांग्रेसले आज पार्टीको वेबसाइटमार्फत् सर्लाही जिल्लाका महाधिवेशन प्रतिनिधिको नाम बाहेक चार हजार तीन सय १९ जना महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरेको हो ।
सर्लाहीका प्रतिनिधि सभा क्षेत्रमा अधिवेशन नसकिएको यो सूचीमा सर्लाहीको नाम समावेश हुन नसकेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
सर्लाहीको नाम प्राप्त भएपछि पुनः महाधिवेशन प्रतिनिधिका नामावली सार्वजनिक गरिने निर्वाचन समितिले बताएको छ ।
हेर्नुस् महाधिवेशन प्रतिनिधिको नाम :
प्रतिक्रिया दिनुहोस्