१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पुनर्निर्माण सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा शुरु हुँदै

अमेरिका, भारत, न्युजिल्याण्ड लगायत देशका विज्ञहरु सहभागी हुने

0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ को भूकम्पपछिको पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै हुनुहुन्छ । २०७२ सालको भूकम्पपछिको पुनर्निर्माण तथा पुनस्थार्पनाका अनुभव तथा सिकाई बाँड्न आयोजित सम्मेलन भोलिसम्म चल्नेछ ।

भूकम्पपछिको पुनर्निर्माण तथा पुनस्थार्पना कार्यमा प्राप्त भएका सिकाइ र अनुभवबारे जानकारी प्रदान गर्ने उद्देश्यले यो सम्मेलनको आयोजना गरिएको हो ।

सम्मेलनमा अमेरिका, भारत र न्युजिल्यान्डका विज्ञहरु सहभागी हुँदैछन् । कोभिडका कारण अन्य देशका विज्ञहरू भने भर्चुअल माध्यमबाट सहभागी हुने छन् ।