२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


३ करोडको चेक बाउन्च मुद्दामा एक जना पक्राउ


65
Shares

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले ३ करोड ४ लाख रुपैयाँको चेक बाउन्सको मुद्दामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ्गको बेंशीशहर घर भई काठमाडौको टोखा नगरपालिका–३ बस्ने बर्ष ४१ का सन्दीप कुमार गुरुङ्ग रहेका छन ।

नवलपरासीमा जग्गा प्लानिङ्गका लागि भन्दै विभिन्न ब्यक्तिहरुबाट रकम उठाएका उनले रकम फिर्ता गर्न दिएको ३ करोड ४ लाख रुपैयाँ बराबरको चेकहरु बाउन्स भएको पाइएको महानगरिय प्रहरी परिसरका प्रबक्ता दिनेशराज मैनालीले बताउनुभयो । उनलाई उच्च अदालत पाटनबाट ७ दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।