
काठमाडौं । एनसेल र राकुटेन भाइबरले एनसेलका ग्राहकहरुलाई विशेष डाटा प्याकेज प्रदान गर्न साझेदारी गरेका छन् ।
यस समझदारी अन्तर्गत ग्राहकले धेरै रुचाएका चार प्याकहरु हिरो प्याक, ननस्टप यूट्युव, ट्रीपल मजा र एसएमएस प्याकको खरिदमा ग्राहकले अब भाइबर चलाउनका लागि थप छुट्टै डाटा निःशुल्क पाउने भएका छन् ।
एनसेल ग्राहकहरुले भाइबरको स्टीकरहरुमा निःशुल्क पहुँच पाउने र खरिद गरेपछि मात्र पाइने ‘पेड स्टीकर प्याक’ पनि एनसेल ग्राहकका लागि निःशुल्क उपलब्ध रहेको एनसेलले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्