
काठमाडौं । हुन्डाई अटो मोवाइलको आधिकारिक वितरक लक्ष्मी इन्टर कन्टीनेन्टलले हुन्डाईको नयाँ इलेक्ट्रीक कोना नेपालमा सार्वजनिक गरेको छ । कोनाको इन्टेरियर तथा एक्टेरियरमा धेरैवटा परिमार्जन सहित यो भेईकल सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
यो गाडीमा एड्भान्स कनेक्टिभीटी फिचरका साथै स्मार्ट सेन्स सेफ्टी सुइट, रिजेनेरेटीभ ब्रेकिङ, प्याडल सिफ्टर, ड्राईभ वाइवायर सिस्टम तथाक्लाइमेट प्रि–सेटिङ, जस्ता आधुनिक सुरक्षा फिचर थपिएको कम्पनीले जनाएको छ ।
एक्टेरियरमा हेर्दा हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, नयाँ डेटाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट पाउन सकिन्छ ।
विभिन्न ३६ स्थानमा चार्जिङ स्टेशन स्थापना गरिसकेको कम्पनीले नेपालमा इभी मात्रै नभई इभी कल्चरको नै विकास गर्नका लागि यसै वर्ष भित्र ५० चार्जिङ स्टेशन स्थापना गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्