१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


पश्चिम नेपालमा सेवा विस्तारका लागि चाइना कम्युनिकेसनसँग भायनेटको साझेदारी


0
Shares

काठमाडौं । भायनेट कम्युनिकेसन्स प्रालिले पश्चिम नेपालमा इन्टरनेट सेवा विस्तारका लागि चाइना कम्युनिकेशन सर्भिस नेपालसँग साझेदारी गरेको छ ।

साझेदारीले भायनेटलाई लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा द्रुत गतिमा उच्च गतिको फाइबर नेटवर्क निर्माण र विस्तार गर्न सहयोग गर्ने कम्पनीको विश्वास छ ।

चाइना कम्युनिकेसन सर्भिसेजसँगको सहकार्यले पश्चिम नेपालमा ग्राहकहरूलाई विश्वस्तरीय इन्टरनेट र डिजिटल सेवाहरू उपलब्ध हुने भायनेट कम्युनिकेसन्सकी सीईओ सेवा पाठक बोहराले बताउनुभयो ।

भायनेटले ग्रामीण दूरसञ्चार विकास अनुदान परियोजनाअन्तर्गत डोटी, दार्चुला, डडेल्धुरा र बैतडीका दुर्गम जिल्लाहरूमा ब्रोडब्यान्ड इन्टरनेट उपलब्ध गराउने काम पनि सफलतापूर्वक सम्पन्न गरेको छ ।

चाइना कम्युनिकेसन सर्भिसेज चाइना टेलिकम्युनिकेसन्स कर्पोरेशनको सहायक कम्पनी हो, जसले विश्वका ३० भन्दा बढी देशहरूमा दूरसञ्चार अपरेटर र सरकारी संस्थाहरूलाई दूरसञ्चार पूर्वाधार र आउटसोर्सिङ सेवाहरू उपलब्ध गराउने काममा संलग्न छ ।