२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कांग्रेसकाे सभापति छान्न सहज छैन, समूहमा एक से एक योग्य नेताहरू हुनुहुन्छ : गुरुराज घिमिरे


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज पनि साझा उम्मेदवार तय गर्न सकेन ।

बुधबार प्रकाशमान सिंहको निवास चाक्रीबारीमा बसेको बैठकले केन्द्रीय सभापतिमा उठ्ने उम्मेदवारको सन्दर्भमा निर्णय गर्न नसकेको नेता गुरुराज घिमिरेले जानकारी दिनुभयो ।

आफूहरुको समूहकमा पार्टी हाक्नसक्ने एक से एक नेताहरू भएका कारण साझा उम्मेदवार छान्न सहज नभएको उहाँले बताउनुभयो ।

‘कांग्रेस जस्तो ठूलो पार्टीको केन्द्रीय सभापति तय गर्नु सहज कुरा होइन,’ उहाँले भन्नुभयो, ‘समूहभित्र पार्टी हाँक्ने एक से एक योग्य र क्षमतावान नेताहरु हुनुहुन्छ, अहिले छलफल साघुरिँदै गएको छ ।’

इतर समूहबाट साझा उम्मेदवार तय गर्नुअघि बिहीबार पुनः समूहका केन्द्रीय सदस्यहरुको छलफल हुने पनि नेता घिमिरे जानकारी दिनुभयो ।

सभापतिका आकांक्षी चार नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला र डा. शेखर कोइराला बाहेकका केन्द्रीय सदस्यका नेताहरुले बिहीबार विहान बैठक बसेर सुझावसहितको निष्कर्ष निकाल्ने सहमति भएको उहाँले बताउनुभयो ।

बुधबारदेखि दिउँसोदेखि जारी छलफलमा प्रकाशमान सिंहले आफ्नो लागि सभापति छाड्न सबैलाई अनुरोध गरिरहेका छन् भने अन्य नेताहरु परामर्श र छलफलबाट टुंग्याउनुपर्नेमा जोड दिइरहेका छन् ।

यद्यपि पौडेल र शशांक कोइरालाले भने सहमति भए आफूले छाड्ने बताइसक्नुभएको छ ।