
Web Pic
रुपन्देही । सियारी गाँउपालिका–७ अमुवामा बुधबार बेलुकी टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।
बेलुकी सवा ७ बजे लु २ ख ७६६ नम्बरको टिपरले साइकललाई ठक्कर दिँदा साइकलमा सवार स्थानीय ४५ वर्षीय ओम बहादुर कार्कीको मृत्यु भएको हो ।
भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा कार्कीको मृत्यु भएको हो ।
ठक्कर दिएपछि ट्रिपर भागेको थियो । फरार ट्रिपर र चालकलाई प्रहरी चौकी चिल्हियाले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय छपियाले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्