२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


माओवादी स्थायी कमिटिको बैठक आज


0
Shares

maoist center office

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक आज बस्दैछ । पार्टीको आसन्न राष्ट्रिय सम्मेलनको तयारीबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको हो ।

आज बिहान ११ बजे बस्ने बैठकमा यही पुस ११ देखि १३ गतेसम्म हुने तय भएको राष्ट्रिय सम्मेलनबारे विविध निर्णय हुने जनाईएको छ । भोलि र पर्सि प्रदेश सम्मेलन आयोजना गर्न लागेको माओवादीले यसअघि वडा र स्थानीय तहका सम्मेलन सम्पन्न गरिसकेको छ ।

आगामि महाधिवेनशबाट माओवादी केन्द्र पनि अन्य पार्टीहरु जस्तो बहुपदिय संरचनामा जाँदैछ ।