२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नवलपुरमा यात्रुबहाक बस दुर्घटना हुँदा १५ जना घाइते


0
Shares

काठमाडौं । नवलपुरको गैँडाकोट नगरपालिकास्थित जयश्री पुलनजिकै यात्रुबहाक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

आज बिहान करिब ४ बजे दाङबाट काठमाडौं आउँदै गरेको ना ७ ख ४०३८ नम्बरको बस अनियन्त्रित भएर पल्टिएको हो ।

घाइतेहरूको चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्समा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।