१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हङकङका प्रजातन्त्र पक्षधर कार्यकर्ताहरु स्मृतिसभामा सहभागी भएकोमा दोषी ठहर

दोषी ठहर हुनेमा एपल दैनिकका संचालक समेत

0
Shares

काठमाडौं । हङकङका प्रमुख प्रजातन्त्र पक्षधर कार्यकर्ताहरुमाथि तियानमेन चोक नरसंहार स्मृतिसभामा सहभागी भएकोमा दोषी ठहर गरिएको छ । दोषी ठहर गरिएकाहरुमा मिडिया उद्यमी एवं एपल दैनिकका संचालक जिमी लाइ, पूर्व पत्रकार गिनिथ हो र अधिकारकर्मी छोउ हाङ थुङ रहेका छन् । उनीहरु गत जून ४ मा आयोजित चिनियाँ अधिकारीहरुले अवैध भनेको तियानमेन चोक नरसंहार स्मृतिसभामा सहभागी भएका थिए ।

सरकारले प्रतिबन्ध लगाएको उक्त कार्यक्रममा यी तीन जनासहित हजारौं सहभागी भएका थिए । तर, सरकारले दर्जन बढी राजनीतिकर्मी, अधिकारकर्मी र उद्यमीहरुमाथि मुद्धा चलाएको हो । दोषी ठहर गरिएकाहरु पहिल्यैदेखि नै हिरासतमा रहेका छन् । उनीहरुमाथि अब कस्तो कारबाही हुन्छ भन्ने खुलेको छैन ।

सन् १९८९ को जून ४ मा बेइजिङको तियानमेन चोकमा प्रजातन्त्र समर्थकहरुको जुलुसमाथि सेनाको ट्यांकर गुडाउँदा सयौंको ज्यान गएको थियो ।