२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सभापतिको उम्मेदवारीबाट पछि हट्दिनँः प्रकाशमान


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औँ महाधिवेसनमा आफू सभापतिको दौडबाट पछि नहट्ने बताउनु भएको छ ।

काठमाडौंको बानेश्वरमा आज बिहान सन्त नेता कृष्ण प्रसाद भट्टराईको शालिक अनावरण गर्दै नेता सिंहले पार्टीलाई बिधि बिधान अनुसार चलाउन र समावेशी रुपमा पार्टीलाई अगाडि बढाउन आफ्नो सभापतिमा दाबी रहेको र सभापतिको दाबीबाट पछि नहट्ने बताउनु भएको हो ।

पार्टी भित्रको शक्ति राजनीतिका कारण कांग्रेसले जनताले सोचेअनुरुप ट्रयाक समाउन नसकेको भन्दै सिंहले पार्टीलाई विधि विधान अनुसार चलाउन र समावेशी रुपमा पार्टीलाई अगाडि बढाउन आफ्नो सभापतिमा दाबी रहेको र सभापतिको दाबीबाट पछि नहट्ने समेत बताउनु भयो ।

उहाँले पार्टीलाई विधिसम्मत र संस्थागत रुपमा अगाडि बढाउन र सम्पूर्ण चुनौतिलाई सामना गर्दै आफूले नेपाली कांग्रेसलाई विशुद्ध प्रजातान्त्रिक पार्टीको रुपमा स्थापित गराउने एजेण्डाका साथ सभापति पदका लागी दाबी रहेको बताउनु भयो ।

सिंहले नेपाली कांग्रेसलाई एकताबद्ध हुन किसुनजीले गरेको त्यागलाई कुनै पनि नेताले आत्मसाथ गर्न नसकेको भन्दै दुःख ब्यक्त गर्नु भयो ।