
Web Pic
काठमाडौं । बाजुराकोे जगन्नाथ गाउँपालिका–६ काप्री स्थित गर्जेगाड भिरबाट आज बिहान ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका ४२ वर्षीय मोहन जोशी र विपी शाही रहेका छन् ।
नेपालगञ्जबाट हुम्लाका लागि हिँडेको भे १ ख ३४६८ नम्बरको मालबाहक ट्रक भीरबाट खसेको हो । उनीहरु ट्रक चालक र सहचालक रहेको जुड्डी प्रहरी चौकीका प्रमुख तथा प्रहरी नायब निरीक्षक वीरसिंह ठगुन्नाले जानकारी दिनुभएको छ ।
दुर्घटनाबारेमा प्रहरीले थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्