१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


गंगालक्ष्मी अवालद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा


0
Shares

काठमाडौं । नेपाली कांग्रेस भक्तपुरकी नेतृ गंगालक्ष्मी अवालले कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ ।

मंगलादेवी स्मृति प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष तथा नेपाल महिला संघकी केन्द्रीय सदस्य समेत रहनु भएकी अवालले आदिबासी जनजाति महिलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

उहाँले देशलाई बलियो बनाउन पार्टी बलियो हुनुपर्छ, पार्टी बलियो बनाउन सक्षम नेतृत्व आवश्यक छ भन्ने ठानेर नै पार्टीलाई बलियो बनाउन केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो ।

उहाँ भन्नुहुन्छ, ‘हामीले सबै नेपालीलाई कांग्रेस होइन वास्तवमा कांग्रेसलाई चाहि सबै नेपालीको बनाउनु हाम्रो दायित्व हो र धर्म पनि हो। हामीलाई अतितका पुराना पीडा सम्झेर वर्तमान बिगार्ने छुट र अधिकार दुवै छैन । तर वर्तमान र भविष्य सुधार्न निकट अतितका गल्ती र कमजोरीलाई सच्याउनै पर्छ । हामी समयमै गम्भीर बनौं । हतारमा गलत नेतृत्व रोजेर फुर्सदमा पछुताउने काम नगरौं ।’

यसैगरी भक्तपुरबाटै मदनकृष्ण श्रेष्ठ र गणेशमान चक्रधरले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।