
चितवन । चितवनको इच्छाकामना गाउँपालिका– ३ फिस्लिङमा सवारी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । ट्रकले यात्रु बोकेको माइक्रो बसलाई ठक्कर दिँदा आठ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
आज बिहान मुग्लिनबाट काठमाडौतर्फ आउँदै गरेको बा ३ ख ८६३० नम्बरको माइक्रो बसलाई सोही दिशाबाट आउँदै गरेको ना ६ ख ३५०३ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ । माइक्रोमा सवार ८ जना सामान्य घाइते भएको र उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
ट्रकले पछाडिबाट ठक्कर दिँदा स्थानीय तीलबहादुर गुरुङको घरमा ठोक्किएर सामान्य क्षति भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्