१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाल आइडलको चौथो संस्करण बिहीबारबाट


0
Shares

काठमाडौं । नेपालको चर्चित गायन रीयालिटी सो नेपाल आइडलको चौथो संस्करण बिहीबारबाट सुरु हुँदैछ ।

बिहीबार र शुक्रबार राति ८ बजे एपिवान टेलिभिजनमा प्रसारण हुने रियालिटी शो दर्शकमाझ निकै लोकप्रिय छ । तेस्रो संस्करणसम्म रहेका शोका निर्णायकहरु परिवर्तन भएका छन् ।

यस संस्करणमा संगीतकार शम्भुजित बास्कोटा, गायक सुगम पोखरेल र गायिका सुवानी मोक्तान निर्णायक रहेका छन् । शोलाई नायक आशिफ शाह र टिकटकर रेश्मा घिमिरेले होस्ट गर्नेछन् ।