
काठमाडौं । बेलायतमा कोरोना संक्रमण दर दिनहुँ बढ्दै गएको छ । बेलायतका स्वास्थ्य सम्बन्धी अधिकारीहरुका अनुसार त्यहाँ एकै दिन ५१ हजार भन्दा बढी कोरोना संक्रमित भएका छन् ।
लामो समयपछि यति धेरै संक्रमित भएका पनि जनाएका छन् । बेलायतको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा एकैदिन ५१ हजार ३ सय जना संक्रमित भएका हुन् । जव कि पछिल्लो साता सक्रमितको संख्या केही घटेकै बेला ५१ हजार बढी संक्रमित भएका हुन् । पछिल्लो समय ओमिक्रोनका संक्रमितको संख्या पनि बढ्दै गएको छ ।
सरकारी प्रयासकाबीच पनि संक्रमण दर नघटेपछि बेलायत सरकार अप्ठेरोमा परेको छ ।
प्रतिक्रिया दिनुहोस्