१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या


0
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ ।

रुघाखोकीसँगै ज्वरो आएपछि अध्यक्ष ओली बालकोटस्थित आफ्नै निवासमा आराम गरिरहेको उहाँको सचिवालयले जनाएको छ ।

अध्यक्ष ओली बिहीबार काठमाडौंको तीनकुनेस्थित एक पार्टी प्यालेसमा पत्रकारसँग छलफल गर्ने कार्यक्रम थियो ।

ओली अनुपस्थित भएपछि कार्यक्रममा उठेका प्रश्नको उप–महासचिव प्रदीप ज्ञवालीले उत्तर दिनुभएको थियो ।