
काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँव्रmीले महिला हिंसा अन्त्यको लागि घर–घरबाटै पहल गरिनुपर्ने बताउनुभएको छ ।
महिला सुरक्षा दबाव समूहले आयोजना गरेको १६ दिने महिला हिंसा विरुद्धको कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले हिंसा अन्त्यको सुरुवात घरबाटै हुनुपर्ने बताउनुभएको हो ।
समाज र सामाजिक चिन्तनमा भएको परिवर्तनले हिंसाको तरिका फरक भए पनि वास्तवमै लैगिंक विभेद भने हट्न नसकेको उहाँको भनाइ छ ।
मन्त्री झाँक्रीले विगतको महिला आन्दोलनका उपलब्धीहरू भावी पुस्ताले जोगाउनुपर्नेमा जोड दिनुभयो ।
‘आजको यो उपलब्धि हिजोको आन्दोलन हो, संघर्ष हो,’ उहाँले भन्नुभयो, ‘अबको आन्दोलन जोगाउने जिम्मा भावी पुस्ताको हो ।’
साथै झाँक्रीले समाजमा हुने हरेक किसिमका हिंसा अन्त्यका लागि समाज, राज्य र घर–घरै नै सचेत हुनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्