२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


रिया मनि ट्रान्फर र सिटी एक्स्प्रेसबीच सझौता


0
Shares

काठमाडौं । अन्तर्राट्रिय स्तरमा ख्यातिप्राप्त रिया मनि ट्रान्फर र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको छ ।

कारोबार सुरु भएसँगै विदेशमा रहनेका नेपालीहरूले रिया मनि ट्रान्फरको प्रयोग गरी अमेरिका, युरोप तथा १ सय ६० भन्दा बढी देशहरूबाट नेपालमा रकम पठाउन सक्नेछन् ।

साथै सिटी एक्सप्रेसमार्फत खल्तीको मोबाइल वालेटमा पनि पैसा पठाउन सकिने सिटी एक्सप्रेसले जनाएको छ ।

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र रिया मनि ट्रान्फरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन डि. फिल्डरले हस्ताक्षर गर्नुभएको छ ।