२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


आइफोन १२ प्रो किन्दा ४० हजार रुपैयाँसम्मको छुट


91
Shares

काठमाडौं । अमेजन अनलाइनले आइफोन १२ प्रो को मूल्यमा ४० हजार रुपैयाँसम्मको छुट दिएको छ ।

अमेजन अनलाइन सपिङले मोबाइल एक्सचेन्जको सुविधासमेत दिएको छ । यो सुविधा सबै एप्पलको स्टोरहरुमा उपलब्ध रहेको अमेजनले जनाएको छ ।

उपभोक्ता आफ्नो पुरानो फोन साटेर आइफोन १२ प्रो मोबाइल सस्तो किन्नसक्ने कम्पनीले जनाएको छ । २०२० मा बजारमा ल्याइएको यो सिरिजमा आइफोन १२ र प्रो म्याक्स पनि समावेश छ ।

अमेजनले १२८ जिबी स्टोरेज भएको आइफोन १२ प्रो १ लाख ५३ हजार ५ सय रुपैयाँमा बेचिरहेको छ । २५६ जिबी स्टोरेज भएको फोनलाई १ लाख ६० हजार रुपैयाँमा पाइन्छ भने ५१२ जिबी स्टोरेज भएकोलाई १ लाख ७३ हजार रुपैयाँ पर्छ ।

यसबाहेक उपभोक्ताले पुरानो फोन साटेर २५ हजार रुपैयाँसम्मको छुट पाउन सक्छन् ।