२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


सिटी प्रतियोगिताको समूह चरणबाट बाहिरियो


13
Shares

एजेन्सी । इंग्लीश फुटबल क्लब लेष्टर सिटी युरोपा लिग फुटबल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । गएराति भएको समुहको अन्तिम खेलमा इटालीको नापोलीसँग ३–२ ले पराजित भएपछि लेष्टर सिटीको यात्रा टुंगिएको हो ।

यो समुहको अर्को खेलमा रुसको स्पार्टा मस्कोले पोल्याण्डको लेजिया वार्सलाई १–० ले हराउपछि लेष्टरको यात्रामा पूर्णविराम लाग्यो । लेष्टर सिटीले अब युरापेली फुटबलको तेस्रो श्रेणीको प्रतियोगिता युरोपा कन्फरेन्स लिग खेल्नेछ ।

युरोपा लिगका अन्य खेलहरुमा गएराति स्कटल्याण्डको सेल्टिकले स्पेनको रियाल बेटिसलाई ३–२ ले हराउँदा फ्रान्सको लियों र स्कटल्याण्डको रेन्जर्सले १–१ गोलको बराबरी खेलेका छन् ।

यसअघि नैं नक आउट चरणमा पुगिसकेको इंग्लीश क्लब वेष्ट ह्याम युनाइटेड भने गएराति क्रोएसियाको डाइनामो जाग्रेबसँग १–० ले पराजित भयो । गएरातिका खेलहरुपछि टर्कीको गालातासारे, रुसको स्पार्टा मस्को र सर्वियाको रेडस्टार बेलग्रेड पनि नक आउट चरणमा पुगेका छन् ।