
काठमाडौं । साताको छैठौं दिन आज शुक्रबार बजारमा सुनचाँदीको मूल्य ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोलामा ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार १ सयले ओरालो लागेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।
तेजावी सुन प्रतितोलामा ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।
यस्तै, चाँदीको मूल्य १५ रुपैयाँले ओरालो लागेर १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्