
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको मुख्य प्रायोजनमा आउँदो पुस पहिलो हप्ता प्रथम ए.पी.एम खुल्ला टेबल टेनिस प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिता पुस १ देखि ३ गतेसम्म ललितपुरको भैंसेपाटीमा संचालन हुनेछ । प्रतियोगितामा सहभागि हुने खेलाडीको संख्या ३२० जना रहेको बैंकले जनाएको छ । त्यसैगरी प्रतियोगितामा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका बिभागीय टोली सँगै स्थानीय क्लबका खेलाडीको सहभागिता रहनेछ ।
टेबल टेनिस खेल बिकासको लागि सांग्रिला डेभलपमेन्ट बैंकले गरेको सहयोग उल्लेखनीय रहेको भन्दै ए.पी.एम. टेबल टेनिस क्लबले बैंकप्रति आभार व्यक्त गरेको छ । प्रतियोगिताको सहयात्री सिओम टेबल टेनिस रहेको छ ।
प्रतिक्रिया दिनुहोस्