१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाली कांग्रेसको १४ औं महाधिवेशन सभापति देउवाद्वारा उद्घाटन


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजदेखि सुरु भएको छ । महाधिवेशनको उद्घाटन सत्र भृकुटीमण्डपमा सुरु भएको हो ।

कार्यक्रमको प्रधानमन्त्री तथा नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्नुभएकाे छ । बाजागाजा तथा तामझाका साथ कांग्रेस महाधिवेशनको भव्य उद्घाटन गरिएको छ ।

महाधिवेशनको उद्घाटन नेपाली कांग्रेसको एप सार्वजनिक गर्दै गरिएको छ । सभापति देउवाले रिमोर्टमार्फत एप सार्वजनिक गर्नुभएको हो । उद्घाटनमा विदेशी पाहुनाका साथै देशका विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूकाे सहभागिता रहेकाे छ ।

कांग्रेसमा नयाँ नेतृत्व चुन्नका लागि चार हजार सात सय महाधिवेशन प्रतिनिधिको सहभागीता रहनेछ । महाधिवेशनकाे उद्घाटनमा उपत्यका कांग्रेसका शुभचिन्तक तथा सर्मथकहरूको ठूलाे संख्यामा सहभागी छन् ।