७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


कांग्रेसको संस्थापनइतरले साँझ उम्मेदवार घोषणा गर्ने


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले १४ औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि शुक्रबार साँझ आधिकारिक उम्मेदवार घोषणा गर्ने भएको छ ।

महाधिवेशनको उद्घाटन सत्रपछि साँझ ५ बजे संस्थापनइतरको बैठक बसेर उम्मेदवार तय गर्ने निर्णयमा नेताहरू सहमत भएका छन् ।

कांग्रेस नेताहरु वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहराटार पुगेर पौडललाई महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुन सहमत गराएका छन् ।

शुक्रबार साँझसम्म साझा उमेदवार तय गर्ने नेताहरूले प्रतिबद्धता जनाएपछि पौडेल उद्घाटनसत्रमा सहभागी हुन तयार हुनुभएको हो ।

उहाँसँग छलफल गर्न महेश आचार्य, बलबहादुर केसी, अर्जुननरसिंह केसी, गगन थापा, रामशरण महत पौडेल निवास पुगेका थिए ।

नेता पौडेलले वक्तव्य जारी गरेर महाधिवेशनको उद्घाटन कार्यक्रममा नजाने तयारी गरेपछि संस्थापनइतरका नेताहरू पौडेल निवास बोहोराटार पुगेका थिए ।