
कैलाली । कैलालीमा अवैध रूपमा प्रवेश गरेका दुई जना भारतीय प्रहरी पक्राउ परेका छन् ।
खक्रौला नाकाबाट टीकापुर प्रवेश गरेका हरियाणामा कार्यरत दुई जना प्रहरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले भारतीय प्रहरी हवलदार सुनिल कुमार र प्रहरी जवान सतेन्द्र कुमारलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
सापकोटाले टीकापुरको झुगामा स्थानीय इन्दलकुमार गोडिया सवार मोटरसाइकललाई ठक्कर दिएपछि गाडीसहित पक्राउ परेका उनीहरू भारतीय प्रहरी भएको खुलेको हो ।
भन्सार शुल्क नतिरेर नेपाल प्रवेश गरेका उनीहरू प्रहरी भएको खुलेपछि भारतीय प्रहरीलाई जानकारी गराइएको छ ।
प्रतिक्रिया दिनुहोस्