१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आपसी सम्वादको माध्यमले नेपाल र भारतबीचको विवाद समाधान गर्नुपर्छ : नेता वास्निक


0
Shares

काठमाडौं । अखिल नेपाल भारतीय कंग्रेस कमिटीका नेता मुकुल वास्निकले आपसी वार्ताको माध्यमबाट नेपाल र भारतबीच भएको विवाद समाधान गनुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना सन्देश दिन भारतबाट आउनुभएका वास्निकले दुई देशबीच रहेका समस्याहरुको विषयमा वार्ता र सम्वादमार्फत समाधान गर्नुपर्ने बताउनुभयो ।

उहाँले नेपाल र भारतबीच सामाजिक र सांस्कृतिक सम्बन्ध रहेको बताउँदै पार्टीकी अध्यक्ष सोनिया गान्धीले धेरै शुभकामना दिएको उल्लेख गर्नुभयो । साथै उहाँले दिल्लीमा भइरहेको विधानसभाको निर्वाचनका कारण उहाँ उपस्थित हुन नसकेको पनि जानकारी दिनुभयो ।

नेता वास्निकले नेपाली कांग्रेसका साथै नेपालमा रहेका सम्पूर्ण जनताप्रति शुभकामना र उज्जव भविष्यको कामना गर्नुभएको छ ।