
काठमाडौं । नेकपा (माले)का महासचिव सीपी मैनालीले देशमा अवाञ्छित बाह्य हस्तक्षेप भएको बताउनुभएको छ ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिन भृकुटीमण्डप पुग्नुभएका महासचिव मैनालीले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र ल्याउनका लागि भएको आन्दोलनपछि नेपालमा अवाञ्छित बाह्य हस्तक्षेप बढेको बताउनुभयो ।
देशमा भएको बाह्य हस्तक्षेपका कारण देशमा समस्या उत्पन्न भएको बताउँदै मैनालीले दुई देशबीचको द्वन्द्वले नेपालजस्तो साना देश प्रत्यक्ष मारमा पर्ने तर्क गर्नुभयो ।
एमसीसीतर्फ संकेत गर्दै महासचिव मैनालीले केही अरब रुपैयाँमा आफ्नो स्वतन्त्रता गुमाउन नहुने बताउनुभयो । केही रुपैयाँमा आफ्नो स्वतन्त्रता गुमाउँदा देश झन् ठूलो भड्खालोमा जाने उहाँको भनाइ छ ।
न्यायपालिकासँग भागवण्डा गरेर शासन गरिरहेको भन्दै उहाँले नेपालीले ल्याएको तेस्रो व्यवस्था अप्ठ्यारोमा परेको बताउनुभयो । निर्वाचनको खर्चले देशमा भ्रष्टाचार व्यापक बढेको भन्दै उहाँले देशमा सम्पूर्ण नेताहरुले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो
प्रतिक्रिया दिनुहोस्