
काठमाडौं ।आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालय भवनको शिलान्यास भएको छ ।
शुक्रबार काठमाडौं महानगरपालिका वडा नम्बर – ३ पानीपोखरी स्थित जग्गामा कम्पनीको केन्द्रीय कार्यालय भवनको शिलान्यास गरिएको हो । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले शुभ साइतमा भवनको शिलान्यास गर्नुभएको हो ।
शिलान्यास समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल, कम्पनीका संस्थापक शेयरधनी, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुरुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल लगायतको सहभागिता रहेको थियो ।त्यसैगरी कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकाल,कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ लगायत उच्च व्यवस्थापन अधिकृत, विभागीय प्रमुखहरु, शाखा प्रमुखहरु लगायतको पनि उपस्थिति थियो ।
शुभ साहितको समयमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले भवनको जगमा शिला राखेर भवनको शिलान्यास गर्नुभएको थियो । शिलान्यास समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीको केन्द्रीय कार्यालयको प्रयोजनको लागि आज शिलान्यास भएको भवन समयमै निर्माण सम्पन्न गर्ने र उक्त भवन एक नमुना भवन हुने जानकारी गराउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्