
काठमाडौं । चलचित्र ‘चपली हाईट ३’ले प्रदर्शनका लागि पीजी प्रमाणपत्र पाएको छ ।
केन्द्रीय चलचित्र जाँच समितिले चलचित्रलाई १६ वर्षभन्दा कम उमेरका बालबालिकाले अभिभावकको साथमा बसेर हेर्न मिल्ने गरी पीजी प्रमाणपत्र दिएको निर्माता अर्जुन कुमारले जानकारी दिनुभयो ।
निकेश कुमारले निर्देशन गरेको १ घण्टा ४६ मिनेट लामो चलचित्रमा क्राइम थ्रीलरको अवधारणामा बनेको छ । चलचित्रबाट केही दृश्यहरु हटाइएको निर्देशक कुमारले बताउनुभयो ।
चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, अर्पण थापा, अमिर घिमिरे, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
आकाश बरालको लेखन तथा संवाद रहेको चलचित्र आगामी पुस २ गते देशभर प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्