२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


दोस्रो संस्करणको साफ यू–१९ महिला फुटबल च्याम्पियनसिप बंगलादेशमा आज सुरु हुँदै

नेपालले आज पहिलो खेल बंगलादेशविरुद्ध खेल्दै

26
Shares

काठमाडौं । दोस्रो संस्करणको साफ यू–१९ महिला फुटबल च्याम्पियनसिप आज बंगलादेशमा सुरु हुँदैछ । नेपालले आजै आफ्नो पहिलो खेल बंगलादेशविरुद्ध खेल्दैछ ।

यसअघि सन् २०१८ मा भुटानमा भएको पहिलो संस्करण यू–१८ टिमबीच प्रतिस्पर्धा भएको थियो । तर पनि नेपालका लागि बंगलादेशविरुद्धको खेल बदला लिने एक मौकाको रुपमा रहनेछ । पहिलो संस्करणमा बंगलादेशविरुद्ध पराजित भएपछि नै नेपालले उपविजेतामा चित्त बुझाउनु परेको थियो । फाइनल १–० ले पराजित भएको नेपाल समूह चरणमा पनि २–१ ले पराजित भएको थियो ।

राउन्ड रोविनको आधारमा हुने प्रतियोगितामा पाँच टिम सहभागी छन् । प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंकाले सहभागिता जनाएका छन् । राउन्ड रोविनको खेलपछि शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछ ।

बंगलादेशपछि नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध डिसेम्बर १५ मा खेल्नेछ । नेपालको तेस्रो खेल भुटानविरुद्ध डिसेम्बर १७ र अन्तिम खेल भारतविरुद्ध डिसेम्बर १९ मा रहेको छ । फाइनल खेल डिसेम्बर २१ मा हुनेछ ।