
चितवन । चितवनमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर १३ गंगानगरका ६६ वर्षीय डिल्लीराज सुवेदी रहेका छन् ।
सुवेदीलाई बेलशहर मध्यवर्ती सामुदायिक वन भरतपुर १३ गंगानगरको सीतामाई क्षेत्रमा बाघले खाएको बताइएको छ । सुवेदी बिहीबारदेखि सम्पर्कबिहीन थिए । स्थानीय मन्दीरमा पुजारीसमेत रहेका उनलाई नियमित पूजा गरेर फर्कने क्रममा बाघले आक्रमण गरेको हो ।
सुवेदीको शरीरका केही भाग मात्र बाँकी रहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । कपडा, चप्पल र एउटा गोडाबाट परिवारले शवको पहिचान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्