
स्याङ्जा । प्रहरीले स्याङ्जाको पुतलीबजार नगरपालिकाबाट गाँजासहित एक जनालाई पक्राउ गरको छ । पक्राउ पर्नेमा पुतलीबजारकै ६७ वर्षीय डिलमान गुरुङ रहेका छन् ।
उनलाई प्रहरीले घरबाट करिव ८ के.जी. गाँजा सहित पक्राउ गरेको हो । उनलाई लागुऔषध सम्बन्धी कसुर मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्