२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


मैले नेतृत्वको प्रतिस्पर्धाबाट अलग हुने निर्णय गरें : रामचन्द्र पौडेल


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहेको बताउनुभएको छ ।

शनिबार विज्ञप्ति जारी गर्दै वरिष्ठ नेता पौडेलले आफूले बुझेको कांग्रेसमा विचलन आइरहेको भन्दै नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने घोषणा गर्नुभएको हो ।

उहाँले आफू राष्ट्रिय राजनीतिमा रहिरहने स्पष्ट पार्दै लोकतान्त्रिक प्रतिस्पर्धाको आदर्श र मूल्यलाई जोगाउन सम्पूर्ण प्रतिनिधिलाई आग्रह गर्नुभएको छ ।

पौडेलले कांग्रेसलाई सत्ताको भर्याङ सीमित भइरहेको भन्दै संसदीय विचलनबाट हात लागेको सत्ता अवसरमा पार्टी रमाइरहेको आरोप लगाउनुभयो ।

१४औं महाधिवेशनमा आइपुग्दासम्म आफूले अनेक प्रपञ्च भोगेको दुखेसो पोख्दै उहाँले मझधारमा आएर आफूले प्रतिस्पर्धाको मैदान छाड्नुपरेको बताउनुभयो ।

यद्यपि आफू इमान्दार र लोकतन्त्रवादी नेपालीको हैसियतमा पार्टी र राष्ट्रमा देखिएका विकृतति र गलत प्रवृत्तिविरुद्ध भने लडिनै रहने उहाँको प्रतिवद्धता छ ।