
काठमाडौं । नेता कृष्णप्रसाद सिटौलाको समूह औपचारिक रूपमै संस्थापन पक्षसँग मिलेपछि पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विद्रोह गर्ने हुनुभएको छ ।
१३ औं महाधिवेशनदेखि सभापति शेरबहादुर देउवा पक्षमा रहनुभएका प्रवक्ता शर्माले १४ औं महाधिवेशनमा पार्टी महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसक्नुभएको छ ।
तर, संस्थापन पक्षले सिटौलालाई टिममा राख्न प्रदीप पौडेललाई महामन्त्री बनाउने निश्चय गरेपछि शर्माले देउवा समूह त्याग्ने निश्चित भएको हो ।
नेपाल विद्यार्थी संघका पूर्वसभापति शर्मा कांग्रेस प्रवक्ताका रूपमा कार्यरत हुनुहुन्छ । युवा पुस्तामाझ लोकप्रिय शर्मालाई संस्थापन पक्षबाटै महामन्त्री उम्मेदवार बनाउने चर्चा थियो । सोही अनुरुप शर्माले देशव्यापी अभियान पनि चलाउनुभएको थियो ।
तर, अन्तिम समयमा सिटौला समूह संस्थापनमै मिसिएर शर्माको ठाउँमा प्रदीप पौडेल अघि आएपछि शर्माले देउवा समूह छाड्ने निश्चित देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्