२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


विचार समूहमा पनि न्याय हुनुपर्यो नि : प्रकाशमान सिंह


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका उम्मेदवार प्रकाशमान सिंहले विचार समूहमा न्याय नभएपछि आफूले सभापतिमा उम्मेदवारी दिएको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उहाँले आफूले १३औं महाधिवेशनमा आफूले सभापति पदमा उम्मेदवारी छाडेको स्मरण गर्दै आफ्नै विचार समूहमा पनि अन्याय भएको बताउनुभयो ।

‘१३औं महाधिवेशनमा मैले सभापतिमा उम्मेदवारी दिँदा आफ्नै विचार समूहले रोक्यो,’ उहाँले भन्नुभयो, ‘ठिकै छ, भनेर म पछि हटेँ, तर अहिले मैले उम्मेदवारी दिँदा किन टाउको दुख्यो, विचार समूहमा पनि न्याय भन्नेकुरा हुनुपर्छ ।’

नेता सिंहले पार्टीलाई गतिशीलता दिन आफूले उम्मेदवारी दिएको पनि स्पष्ट पार्नुभयो । पार्टीलाई ३ सय ६५ दिन नै चलायनमा राख्नुपर्नेमा त्यसो हुन नसकोको उहाँको जिकिर छ ।