१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कांग्रेसको नेतृत्वका लागि शेखरको प्यानल तयार, महामन्त्रीमा गगन र मिनेन्द्र


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको आगामी कार्यकालका लागि सभापतिका प्रत्यासी शेखर कोइरालाको प्यानल तय भएको छ ।

कोइरालाको प्यानलबाट महामन्त्रीमा गगन थापा र मिनेन्द्र रिजालले उम्मेदवारी दिने पक्का भएको एक कोइरालानिकट एक नेताले जानकारी दिए ।

यस्तै, उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी रहँदा सह–महामन्त्रीमा देवराज चालिसे, बद्री पाण्डे, जीवन परियार, विकास लामा, कमला पन्त, रामकृष्ण यादव, तेजुलाल चौधरी र वकिल मियाँ हुन्छन् ।