२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


एमाले सल्लाहकार परिषद्को अध्यक्षमा अमृतकुमार बोहोरा


0
Shares

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्षमा अमृतकुमार बोहोरा चयन हुनुभएको छ ।

शनिबार सुरु भएको केन्द्रीय कमिटीको बैठकले बोहोरालाई सल्लाहकार परिषद्को अध्यक्ष चयन गरेको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

उमेर हदका कारण कार्यकारी भूमिकाबाट बाहरिएका बोहोरालाई अध्यक्ष केपी ओलीको प्रस्तावमा परिषद्को अध्यक्ष बनाइएको हो ।

एमाले विधानअनुसार सल्लाहकार परिषद्को अध्यक्ष पदेन स्थायी कमिटी सदस्य हुने व्यवस्था छ ।