
काठमाडौं । नेपाली कांग्रेसको आगामी कार्यकालका लागि सभापतिमा उम्मेदवारी दिनुभएका प्रकाशमान सिंहले दोस्रो चरणमा आफ्नो प्यानलै विजयी हुने बताउनुभएको छ ।
सभापतिमा उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता सिंहले आफ्नो प्यानल दोस्रो चरणको निर्वाचनमा विजयी हुने बताउनुभयो ।
‘म झुट कुरा बोल्दिन,’ उहाँले भन्नुभयो, ‘पहिलो चरणमा होइन, दोस्रो चरणमा हाम्रो प्यानलै विजयी हुन्छ ।’
नेता सिंहले पहिलो चरणमा निर्वाचनको मतपरिणाम नआउने दाबीसमेत गर्नुभयो । उहाँले १३औं महाधिवेशनपछि बनेको विचार समूहमा आफूमाथि अन्याय भएकाले आफूले सभापतिमा उम्मेदवारी दिनुपरेको बताउनुभयो ।
सिंह प्यानलको उपसभापतिमा सुजाता कोइराला हुनुहुन्छ भने बाँकी प्यानलको टुंगो लाग्न बाँकी रहेको उहाँले बताउनुभयो ।
यस्तै, उपसभापतिकी प्रत्यासी कोइरालाले कोइराला परिवार नफुटेको स्पष्ट पार्नुभयो । सिंह नेतृत्वको प्यानलमा महिलाई सम्मान गरिएको र महिलाको विषयमा सोचिएको भन्दै उहाँले आफूलेृ सिंहलाई रोजेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्