
फाइल तस्बिर
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि १४औँ महाधिवेशनका लागि आफ्नो प्यानल टुंगो लगाउनुभएको छ ।
देउवाको प्यानलबाट विजय गच्छदार र पूर्णबहादुर खड्का उपसभापतिको उम्मेदवार बन्ने पक्का भएको छ ।
त्यस्तै, महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेलले उम्मेदवारी दिने तयारी गरेका छन् ।
सहमहामन्त्रीमा भीष्मराज आङदेम्बे, मान बहादुर विक, डिना उपाध्याय, महेन्द्र यादव, किशोर सिंह राठौर, उमाकान्त चौधरी, फरमुल्लाह मन्सुर र जीवन शाहीले उम्मेदवारीको तयारी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्