
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवार हुनुभएको छ ।
पार्टी सभापति देउवा समूहमा रहँदै आएका शर्मा महामन्त्रीमा उक्त प्यानलबाट पर्न नसकेपछि सिंहको प्यानलबाट उम्मेदवार बन्नुभएको हो ।
यसअघि उनी शेखर कोइरालको प्यानलबाट महामन्त्री उठ्ने प्रयास गरेका थिए । नेता सिंहको प्यानलबाट उपसभापतिमा सुजाता कोइराला उम्मेदवार छन् ।
प्रतिक्रिया दिनुहोस्